परिचय
अन्नपुर्ण र माछापुच्छ्रेका चम्कीला एंव उज्जल हिमशृंखलाको प्रकृतिक सौन्दर्यबाट सोभाएमान भएको सुन्दर नगरी पोखरा र यसै संग जोडीएर रहेको पोखरा देखी १० कि.मि. पुर्व तर्फ अवस्थीत लेखनाथ नगरपालिका कवि शिरोमणी लेखनाथ पौडेलको जन्मभुमी एव सात तालको बगैचा शहरबाट विश्वसामु परिचित छ ।
लेखनाथ नगरपालिकाको प्रमुख ब्यापारीक केन्द्र शिशुवा र यसको मुटुमा रहेको यस शिशुवा कृषि सहकारी संस्था लि.को कृषि तथा गैह्र कृषि क्षेत्रमा पुजी तथा ऋण उपलब्ध गराई सदस्यहरुको आर्थिक स्थरमा सुधार गर्ने उदेश्य राखि सहकारी ऐन २०४८ को दफा १२ को उपदफा (१) ले दिइएको अधिकार प्रयोग गरी मिति २०६४-०२-०६ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्की मा विधिवत दर्ता भई स्थापना भएको हो । सात तालको वाटिका सहर लेखनाथको मुटु शिशुवा चोकमा प्रधान कार्यालय रहेको शिशुवा कृषि सहकारीले लेखनाथका बासीन्दाहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा वित्तीय तथा अन्य सेवा प्रदान गर्दै आइरहेको छ। Read more...